खोटाङ । जेन–जी आन्दोलनका क्रममा काभ्रेको प्रहरी हिरासतबाट भागेका एक व्यक्ति खोटाङमा पक्राउ परेका छन् ।
जबरजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको बेला काभ्रे प्रहरी हिरासतबाटै भागेका खोटाङको जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङ केराबारीका २३ वर्षीय प्रवीण मगरलाई पक्राउ गरिएको हो ।
शनिबार विहान उनलाई बनेपा इलाका प्रहरी कार्यालयको जिम्मा लगाएको खोटाङ प्रहरीले जनाएको छ । मगरलाई घरमै लुकीछिपी बसेको अवस्थामा कात्तिक २० गते पक्राउ गरिएको थियो ।
‘जेन–जी आन्दोलनको क्रममा भदौ २४ काभ्रे हिरासतबाटै भागेका मगरलाई कात्तिक २० गते घरबाटै पक्राउ गरी बनेपा प्रहरीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रले जानकारी दिए ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।