काठमाडौं । दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित रोल्वालिङ क्षेत्रमा रहेको यलुङरी हिमालको आधारशिविर नजिकै आज बिहान गएको हिम पहिरोमा परेर ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ विदेशीसहित ७ जनाको मृत्यु भएको छ । उनीहरु हिमाल आरोहणमा गएका थिए ।

सो घटनामा ५ जना घाइते भएका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलतर्फ गएको सशस्त्र प्रहरीले जनाएको छ । मृतकको सनाखत भएको छैन ।