विराटनगर । मोरङको लेटाङ नगरपालिका–२ की दुई सातादेखि हराएकी एक बालिका मृत अवस्थामा फेला परेकी छन् ।
लेटाङ–२ निवासी अंशु गौतमको शव प्लास्टिकमा प्याक गरेकोक अवस्थामा शुक्रवार चिसाङ साझेदारी बनमा फेला परेको हो ।
स्थानीयवासी घाँस काट्न जाने क्रममा वनभित्र बालिकाको शव देखेपछि तत्कालै प्रहरीले खबर गरेका थिए । स्थानीयले जानकारी दिएपछि इलाका प्रहरी कार्यालय लेटाङ र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीले जनाएको छ।
अहिले घटनास्थलमा मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालसहितको टोली पुगेर अनुसन्धान सुरु गरेको छ । अंशु असोज २१ गते घरबाट हराएकी थिइन् । परिवारले उनको खोजीका लागि विभिन्न ठाउँमा सूचना समेत दिएका थिए ।
घटनास्थल वरिपरि सुरक्षा घेराबन्दी गरी अनुसन्धान भइरहेको र शव पोस्टमार्टमका लागि पठाइने प्रहरीले जानकारी दिएको छ । बालिकको शव विभत्स अवस्थामा रहेको स्थानीयले जानकारी दिएका छन् । प्रहरीले भने शव सडेको अवस्थामा रहेको र थप अनुसन्धान भइरहेको जनाएको छ ।


