नेपाल सम्वत् ११४६ को प्रारम्भ

विराटनगर । नेपाल सम्वत् ११४६ को प्रारम्भ भएको छ । काठमाडौंमा राष्ट्रिय विभूति शंखधर सास्ख्वाले वि.सं. ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्बत सुरु गरेका थिए ।

नेपाल सम्वतलाई नयाँ वर्षका रूपमा नेवार समुदायले काठमाडौँ, ललितपुर, भक्तपुर लगायत क्षेत्रमा विशेषरूपमा मनाउने गर्छन्। २०६५ सालमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सम्वतलाई राष्ट्रिय मान्यता दिने घोषणा गरेका थिए। नेपाल सम्वतका अवसरमा बुधबार काठमाडौंका विभिन्न स्थानमा र्‍यालीका साथै शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको थियो।

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल सम्वतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ। २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्टिय विभूति घोषणा गरेका थिए।

२०६५ सालमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सम्वत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरे। कार्तिक कृष्ण औंसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुआत गर्ने परम्परा समेत काठमाडौँमा अझै छ।

कार्तिक ५, २०८२, साँझको ०५:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर