विराटनगरबाट ८ वर्षीय बालिका वेपत्ता

विराटनगर । विराटनगर–५ की ८ वर्षीय अफ्रिन खातुन मंगलबार बिहानदेखि हराएकी छिन् । विहान पाउरोटी किन्न बिहान करिब ६ बजेतिर घरबाट नजिकैको पसलतर्फ गएकी उनी हराएको उनका अभिभावकले जनाएका छन् ।

अफ्रिनका बुबा मो.रमजानीले छोरीको खोजीका लागि प्रहरीसमक्ष निवेदन दिइसकेका छन् र जसले देखे वा जानकारी राख्नेले नजिकको प्रहरी कार्यालय वा (९७०४८६१४२६ मोवाइल नम्बर) मा खबर गर्न आग्रह गरेका छन् । वेपत्ता अफ्रिन खातुनको उमेर ८ वर्ष, कालो कपाल र पहेलो भेष्ट र कट्टु र खुट्टामा चप्पल लगाएकी थिइन् । स्थानीयबासी र प्रहरी दुवै पक्षले बालिकाको खोजी कार्य तीव्र बनाएको जनाइएको छ ।

कार्तिक ४, २०८२, दिउँसोको ०२:५४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर