हेलिकप्टरबाट उद्धार गरी गर्भवतीलाई विराटनगर ल्याइयो

विराटनगर । संखुवासभाको उत्तरी विकट क्षेत्र मकालु गाउँपालिका–३ की २९ वर्षीया गर्भवती सीता तामाङलाई स्वास्थ्य समस्या भएपछि सोमबार बिहान हेलिकप्टरबाट उद्धार गरी विराटनगर ल्याइएको छ ।

तामाङ आइतबार बेलुका करिब ७ बजे गर्भ परीक्षणको लागि पाथिभरा स्वास्थ्य चौकी (बर्थिङ सेन्टर) पुगेकी थिइन् । तर, बच्चा नचल्ने समस्या देखिएपछि स्वास्थ्यकर्मीहरूले उनको अवस्था जटिल रहेको निष्कर्ष निकाल्दै तत्काल उद्धारको पहल गरेका थिए ।

संखुवासभाका प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाका अनुसार सोमबार बिहान करिब ९ बजे मकालु–३ सिम्मास्थित शोभा आधारभूत विद्यालयको मैदानबाट नेपाली सेनाको हेलिकप्टरमार्फत तामाङलाई उद्धार गरी विराटनगरस्थित कोशी अस्पताल पुर्‍याइएको छ। उनलाई राष्ट्रपति हवाई उद्धार कार्यक्रमअन्तर्गत उद्धार गरिएको हो ।

तामाङको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

कार्तिक ३, २०८२, दिउँसोको ०३:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर