विराटनगर ।भारतको राजस्थानमा एउटा यात्रुबाहक बसमा आगलागी हुदा २० जना यात्रुकाे मृत्युु भएकाे छ ।
जैसलमेरबाट जोधपुर जाँदै गरेको एसी बसमा अचानक आगलागी हुँदा २० यात्रुको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
दुर्घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदीले प्रत्येक मृतकका परिवारलाई २ लाख र घाइतेहरूलाई ५० हजार क्षतिपूर्ति दिने घोषणा पनि गरेका छन् ।
मंगलबार दिउँसो जैसलमेरबाट जोधपुर जाँदै गरेको निजी एसी बसमा अचानक आगलागी भएको थियो ।