विराटनगर । उदयपुरमा गुडिरहेको कारमा अचानक आगलागी भएको छ । मंगमबार बिहान मदन भण्डारी राजमार्ग अन्तर्गतको अधेरी सडकखण्डमा गुडिरहेको बा ९ च ४६६८ नम्बरको कारमा आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार इलामबाट काठमाडौंतर्फ गइरहेको कारमा आगलागी भएको हो ।
उदयपुरगढी गाउँपालिका वडा नं. ७ मा अचानक कारमा आगलागी भएको हो । कारमा एकै परिवारका चार जना सवार थिए ।
‘आज बिहान ९ः५० को समयमा गुडिरहेको कारमा आगलागी भएको हो । कारमा चार जना थिए । आगलागीबाट मानवीय क्षति भएको छैनँ डिएसपी दोङले भने, ‘कारमा सवार ७ वर्षको बच्चाको बायाँ खुट्टामा सामान्य चोट लागेको छ ।’
घाइते बालकको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ । पेट्रोल लिक भएर कारमा आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । आगलागी भएको कार फोर्ड कम्पनीको रहेको प्रहरीले जनाएको छ ।