विराटनगर । सरकारले बाढीपहिरोबाट अति प्रभावित इलाम जिल्लालाई तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
कोशी प्रदेश सरकारले बुधबार संघीय सरकारलाई इलामका बाढी –पहिरो प्रभावित आठवटा स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरेको थियो। सोही सिफारिसको आधारमा मन्त्रिपरिषद्ले यो निर्णय लिएको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै इलामलाई ३ महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरिएको जानकारी दिए।
हालैको अविरल वर्षापछिको बाढीपहिरोले इलाममा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ। प्राप्त पछिल्लो विवरण अनुसार, प्राकृतिक विपत्तिका कारण जिल्लामा ३९ जनाले ज्यान गुमाएका छन्।

