कोशीका छ जिल्लासहित देशभर भारी वर्षा हुने : सतर्क रहन चेतावनी

बंगालको खाडीबाट भारत हुँदै नेपाल प्रवेश गरेको मनसुनी वायुका कारण असोज १७ बाट २० गतेसम्म कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

सो अवधिमा कोशी, नारायणी, बागमती र कमला नदी र यसका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने र खतरा तह आसपास पुग्नसक्ने अनुमान छ । साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका महाभारत, चुरे हुँदै बहने स–साना नदीनालामा आकस्मिक बहाव हुन सक्ने सम्भावना पनि देखाएको छ ।

सो अबधिमा कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम, मोरङ र झापा; मधेस प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, आसपासका जिल्ला हुँदै बहने स–साना नदीमा आकस्मिक बहावको सम्भावना उच्च रहेको बताएको छ। यस्तै बागमती प्रदेशका काठमाडौं उपत्यकाका तीन जिल्ला, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन जिल्लामा पनि भारी वर्षा हुने अनुमान छ।

असोज १८ देखि २० गतेसम्म विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। ‘नेपालमा मनसुन बहिर्गमन भइनसकेको हालको अवस्थामा विभागले मौसम र बाढीको सम्भावित विषम अवस्थाको नियमित अनुगमन गरिरहेको छ,’ महाशाखाले भनेको छ।

महाशाखाले भदौ १७ देखि २० गतेसम्म रूपन्देहीदेखि सर्लाहीसम्मका ९ जिल्लामा भने ‘रेड अलर्ट’ नै जारी गरेको छ ।

विराटनगर । जल तथा मौसम विज्ञान विभागले बंगालको खाडीमा विकसित पानी पार्ने मौसमी प्रणालीले शुक्रबारदेखि नेपालमा भारी वर्षा गराउने सम्भावना औंल्याएको छ ।

बंगालको खाडीबाट भारत हुँदै नेपाल प्रवेश गरेको मनसुनी वायुका कारण असोज १७ बाट २० गतेसम्म कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

सो अवधिमा कोशी, नारायणी, बागमती र कमला नदी र यसका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने र खतरा तह आसपास पुग्नसक्ने अनुमान छ । साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका महाभारत, चुरे हुँदै बहने स–साना नदीनालामा आकस्मिक बहाव हुन सक्ने सम्भावना पनि देखाएको छ ।

सो अबधिमा कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम, मोरङ र झापा; मधेस प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, आसपासका जिल्ला हुँदै बहने स–साना नदीमा आकस्मिक बहावको सम्भावना उच्च रहेको बताएको छ। यस्तै बागमती प्रदेशका काठमाडौं उपत्यकाका तीन जिल्ला, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन जिल्लामा पनि भारी वर्षा हुने अनुमान छ।

असोज १८ देखि २० गतेसम्म विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। ‘नेपालमा मनसुन बहिर्गमन भइनसकेको हालको अवस्थामा विभागले मौसम र बाढीको सम्भावित विषम अवस्थाको नियमित अनुगमन गरिरहेको छ,’ महाशाखाले भनेको छ।

महाशाखाले भदौ १७ देखि २० गतेसम्म रूपन्देहीदेखि सर्लाहीसम्मका ९ जिल्लामा भने ‘रेड अलर्ट’ नै जारी गरेको छ ।

अशोज १६, २०८२, बिहानको ०७:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर