धरानको भाटभटेनीमा जलेको शव फेला

विराटनगर । सुनसरीको धरानमा रहेको भाटभटेनी सुपरस्टोरमा जलेको अवस्थामा एक शव फेला परेको छ।

भाटभटेनीको माथिल्लो तलामा एक जनाको शब फेला परेको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले पुष्टि गरेका छन् ।

आज बिहान आगो नियन्त्रणमा लिने क्रममा शव फेला परेको हो । जेनजी आन्दोलनका क्रममा भाटभटेनीमा लुटपाट र आगजनी भएको थियो ।

धरानमा रहेको भाटभेटिमा रहेको शव जलेको अवस्थामा कंकाल मात्रै छ । शवको पहिचान हुन सकेको छैन । शव पोष्टमार्टमको लागि बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

स्टोरमा लुटपाट भएको बेला धेरै जनाभित्र छिरेको र त्यहिबेला आगलागी गरिएकोले शव आन्दोलनकारीकै हुनसक्ने स्थानीयले अनुमान गरेका छन् ।

भदौ २७, २०८२, बिहानको ११:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर