इटहरीमा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शनकारीले घेरे इलाका प्रहरी कार्यालय

विराटनगर । जिल्ला प्रशासन कार्यालय सुनसरीले अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरे पनि इटहरीमा प्रदर्शन जारी छ ।

कर्फ्युको अवज्ञा गर्दै सयौंको संख्यामा रहेका प्रदर्शनकारीले इलाका प्रहरी कार्यालय इटहरी घेराउ गरेका छन् ।

पक्राउ परेका आफ्ना साथीहरूको रिहाइको माग गर्दै इलाका प्रहरी कार्यालय अगाडि उनीहरूले नाराबाजी गरेका हुन् ।

प्रत्यक्षदर्शी सन्तोष घिमिरेका अनुसार, आन्दोलनकारीहरूले प्रहरी कार्यालय अगाडि चर्को नाराबाजी गरिरहेका छन् । यसभन्दा अगाडि भने उनीहरूले इटहरी उपमहानगरपालिका अगाडि आन्दोलन गरेका थिए ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार दिउँसो ३ः३० बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो ।

तर, प्रदर्शनकारीले त्यसलाई अवज्ञा गरेका हुन् ।

आन्दोलनले उग्र रूप लिएपछि प्रहरीले गोली समेत चलाएको छ । प्रदर्शनकारीहरू इटहरी उपमहानगरपालिकाको कार्यालयमा प्रवेश गर्न खोजेपछि प्रहरीले हवाई फायर गरेको थियो । प्रहरीले हालसम्म तीन जनालाई नियन्त्रणमा लिएको छ ।सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा देशका विभिन्न सहरमा ‘जेन जी’पुस्ताले प्रदर्शन गर्दै आएको छ ।

भदौ २३, २०८२, साँझको ०५:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर