नेप्सेले सच्यायो त्रुटी, शेयर बजारमा ७ अंकको बृद्धि

विराटनगर । नेपाल स्टक एक्सचेन्जले अन्तिम १५ मिनेटको गणना नेप्से गणना सच्याउँदा नेप्से परिसूचक ७ दशमलब १० अंकले बढेको छ ।

सोमबार बजार बन्द भएपछि २ अंकले घटेको देखाएको नेप्सेले चौतर्फी आलोचनापछि त्रुटी सच्याउँदै सच्याएको हो ।

पछिल्लो अद्यावधिक सूचना अनुसार नेप्से परिसूचक ७ दशमलब १० अंकले बढेर २९ सय ७१ दशमलब ३१ विन्दुमा पुगेको छ । नेप्सेको कारोबार प्रणालीमा कारोबार समयपश्चात परिसुचकको भारित औसत गणना गर्ने क्रममा प्राविधक कारणले फरक अक देखिएको भन्दै नेप्सेले क्षमा मागेको छ ।

अघिल्लो कारोबार दिन साढे १८ अंक घटेको नेप्से यस दिन भने ७ अंक बढेको हो । यसअसिघ भने अघिल्लो दिनको तुलनामा २.०७ अंक घटेको नेप्सेले तथ्यांक दिएको थियो । अन्तिम १५ मिनेटको भारित औसत मूल्य समायोजन नहुँदा १२ अंक बढेको बजार समायोजनपछि २ अंक घटेर २९६२.१३ विन्दुमा झरेको देखाइएको थियो ।

यस दिन कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन साढे २६ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२१ स्टकको १ लाख ७० हजार ७२६ पटकको कारोबारमा १९ अर्ब ३६ करोड ८ लाख ७३ हजार रुपैयाँबराबरको ४ करोड ४१ लाख २४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

यस दिन समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, यस दिन सान्भि इनर्जीको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने ट्रेड टावरको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ । शेयरमूल्य बढेको अरु स्टकहरुको मूल्य वृद्धिदर भने ६ प्रतिशतभन्दा कम रहेको छ । कारोबारमा आएको विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ८.४९ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ९२ करोड ५७ लाख ८२ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको करिब ७७ करोडको शेयर खरिदबिक्री भएको छ भने ङादी ग्रुप पावरको करिब ५८ करोडको शेयर किनबेच भएको छ ।

बजारका १३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.२४ प्रतिशत बढेको छ । विकास बैंक उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा धेरै बढेको छ भने वित्त उपसमूहको परिसूचक करिब ३ प्रतिशत घटेको छ ।

साउन १२, २०८२, साँझको ०६:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर