विराटनगर । साफ यू–१७ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको सहायक प्रशिक्षकमा रितेश मल्ल नियुक्त भएका छन् ।भुटानमा आयोजना हुने साफ यू–१७ महिला च्याम्पियनसिपका लागि मल्ल नियुक्त भएका हुन् ।
श्रीलङ्कामा हुने साफ यू–१७ पुरुष च्याम्पियनसिपका लागि रामचन्द्र थापा सहायक प्रशिक्षक र राजु सिंह गोलकिपर प्रशिक्षकका रूपमा नियुक्त भएका छन्।
नवनियुक्त प्रशिक्षकहरूलाई अखिल नेपाल फुटबल संघ .एन्फांका महासचिव किरण राईले आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् ।