साफ यू–२० महिला च्याम्पियनसिपमा भुटानविरुद्ध नेपालको शानदार जीत

विराटनगर । बंगलादेशको ढाकामा जारी साफ यू –२० महिला च्याम्पियनसिपअन्तर्गत आज भएको खेलमा नेपालले भुटानविरुद्ध सानदार जीत निकालेको छ।

शनिबार बंगलादेशको ढाकास्थित किङ्स एरेनामा भएको खेलमा नेपालले भुटानलाई ८–० गोलले पराजित गरेको हो ।

नेपालको जितमा पुर्णिमा राई र मीना देउवाले ह्याट्रिक गोल गरेका थिए भने कुसुम खतिवडा र समिक्षा मगरले एक एक गोल गरे।

नेपालले सोमबार बंगलादेशसँग खेल्नेछ।

साउन ३, २०८२, साँझको ०७:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर