३२ लाख रुपैयाँभन्दा बढी मूल्यका चाँदी र सुनको जलप लगाएको गहनासहित दुई जना नियन्त्रणमा

विराटनगर । इलामको सुर्योदय नगरपालिका–२ चारमाइलबाट सशस्त्र प्रहरीले ३२ लाख ६९ हजार ५ सय ५७ रुपैयाँको चाँदी र सुनको जलप लगाएको गहनासहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

आइतबार नियन्त्रणमा लिएकाहरुमा भारतको हिमालचल प्रदेश घर भएका हुन् । ३८ वर्षिय अभिनास बोध र ३५ को रवि कुमारलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगरबाट खटिएको सुरक्षा फौजले विशेष सूचनाको आधारमा आईतबार नियन्त्रणमा लिएको हो

नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई शंका लागि जाँच गर्दा उनीहरुले बोकेको झोलाबाट १७ किलो ४ सय ग्राम चाँदी र ५ किलो सुनको जलप लगाएको गहना र विभिन्न किसिमका मालासहित नियन्त्रणमा लिएको हो ।

सामान बरामद पश्चात् सुनचाँदी ब्यबसायी संघ बिर्तामोड झापामा ल्याएर परिक्षण गर्दा जलप लगाएको प्रमाणित भएको हो ।

नियन्त्रणमा लिईएका दुवै जनालाई बरामद सामानसहित आवश्यक अनुसन्धानको लागि भन्सार कार्यालय पशुपतिनगर इलाममा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

असार २, २०८२, बिहानको ०९:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर