नेप्से दोहोरो अङ्कले घट्यो

विराटनगर । यो साता कारोबारको पहिलो दिन नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १२ दशमलव ५३ अङ्कले घटेर २ हजार ६४९ दशमलव ११ को विन्दुमा कायम भएको हो ।

आज २ सय ४६ कम्पनीका २ करोड ४० लाख ११ हजार १४ कित्ता शेयर ८८ हजार ९५५ पटक खरिद बिक्री हुँदा रू १० अर्ब २० करोड २७ लाख एक हजार ३४४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

विकास बैंक समूह एक दशमलव २७, होटल तथा पर्यटन छ दशमलव ५०, जीवन बिमा शून्य दशमलव ३१, निर्जीवन बिमा शून्य दशमलव शून्य छ र व्यापार समूह शून्य दशमलव २० प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ शून्य दशमलव ५१, वित्त तीन दशमलव ७२, जलविद्युत् एक दशमलव २६, लगानी एक दशमलव ५५, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३९, लघुवित्त शून्य दशमलव शून्य नौ र म्युचुअल फण्ड शून्य दशमलव २८ प्रतिशतको गिरावट देखिएको छ ।

आजको कारोबारमा नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेड र क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी सिन्धु विकास बैंक लिमिटेडको शेयर मूल्य सात दशमलव ४५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी राधी विद्युत् कम्पनी लिमिटेडको रू ६६ करोड १० लाख ७० हजार बराबरको कारोबार भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको १५ लाख ६१ हजार ८७१ कित्ता शेयर खरिद बिक्री भएको छ ।

आइतबार, २८ बैशाख, २०८२, दिउँसोको ०४:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर