विराटनगरमा सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहतालाई हाजिर गर्न नदिने

विराटनगर । विराटनगर महानगरपालिकाले आफूहरुको सहमति बिना रामचरित्र मेहतालाई प्रमुख प्रशासकीय अधिकृतमा पठाएको भन्दै हाजिरी गर्न नदिने बताएको छ ।

महानगरप्रमुख नागेश कोइराला निकट स्रोतले मेहताको कार्यशैली ठिक नदेखिएको र महानगरसँग कुनै पनि सहमति नलिएको कारण हाजिर गर्न नदिन बतायो । ‘यस विषयमा महानगरसँग कुनै पनि सहमति लिएको छैन । एकैपटक उहाँलाई सरुवा गरेको समाचार आएको छ । मेयरसाब असन्तुष्ट हुनुहुन्छ,’ उक्त स्रोतले भन्यो ।

नेपाल सरकार सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार ४७ जना सहसचिवको सरुवा गरेको थियो । जसमा रामचरित्र मेहतालाईविराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको छ । मेहता यसअघि युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत कार्यरत थिए । त्यसअघि उनी इटहरी उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएका थिए । त्यसबेला उपप्रमुखसँग विवाद भएको भिडियो सार्वजनिक भएको थियो ।

बुधबार, १० बैशाख, २०८२, बिहानको ०९:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर