विराटनगर । विराटनगरबाट स्रोत नखुलेको ७ लाख १५ हजार रूपैयाँसहित एक युवक सोमबार दिउँसो पक्राउ परेका छन् ।
विराटनगर महानगरपालिका–९ महेन्द्र चोकबाट २४ वर्षीय रोहितकुमार साहलाई दिउँसो २ः३० बजेतिर पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले शंका लागेर चेकजाँच गर्दा साहको शरीरबाट नेपाली रूपैयाँ बरामद भएको थियो । शरीरबाट बरामद भएको नेपाली रूपैयाँको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा ल्याइएको हो ।
विराटनगर–१५ घर भएका साहलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने प्रहरीको तयारी छ । बरामद भएको रकम अवैध हुण्डी कारोबारको हुनसक्ने प्रहरीको अनुमान छ ।
फोटो