विराटनगर । आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । साताका पहिलो कारोबार दिन नेप्से परिसूचक ४६.३३ अंकले घटेर २७७२।१० को विन्दुमा कायम भएको हो ।
आज बजारमा २ करोड २७ लाख २६ हजार ८३ हजार कित्ताको सेयर खरिदबिक्री हुँदा १० अर्ब ९ करोड ३६ लाख ५४ हजार रूपैयाँको कारोबार भएको छ ।
गत साताको अन्तिम कारोबारका दिन बिहीबार परिसूचक २.७० अंकले घटेर बन्द भएको थियो ।
आइतबार गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र आईसीएफसी फाइनान्स लिमिटेड डेभेन्अचरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ ।
त्यसैगरी, उपकार लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।
कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स १ अर्ब १२ करोड ४८ लाख ४९ हजार रूपैयाँको कारोबारसहित शीर्ष स्थानमा रहेको छ ।