विराट गोल्ड कप : दिल्लीलाई हराउँदै एपीएफ क्वाटर फाइनलमा

विराटनगर । विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ)९ औँ संस्करणको विराट गोल्ड कपको क्वाटर फाइनलमा पुगेको छ । विराटनगरको सहिद रङ्गशालामा मङ्गलवार भएको दोस्रो दिन खेलमा भारतको सुदेभा दिल्ली फुटबल क्लबलाई टाई बेकरमा ५–३ गोलले हराउँदै एपीएफ क्वाटर फाइनलमा पुगेको हो ।

निर्धारित समयसम्म गोलरहित खेल बराबरी भएपछि जितको छिनोफानो टाई बेकरबाट भएको हो । टाई बेकरमा एपीएफको तर्फबाट सुमन श्रेष्ठ, दीपेश धिमाल, मणि कुमार लामा, सविन गुरुङ र अनिल श्रेष्ठले गोल गरे ।दिल्लीको तर्फबाट राहिफ, पिसि र उदितले मात्र गोल गरे भने रमेशको प्रहार एपीएफका गोल रक्षक एन्जल श्रेष्ठले उत्कृष्ट बचाउ गरेका थिए ।

खेलको पहिलो हाफसम्म दबाबमा राखेको एपीएफले दोस्रो हालदेखि आक्रामक खेल पस्कियो । तर, पनि जितको लागि टाइबेर कुर्नु परेको थियो । । खेलको ३० औ मिनटेमा एपीएफका हरि कार्कीले बललाई मध्य भागबाट बललाई एक्लै अगाडी बढाएर डिबक्स भित्रबाट गरेको प्रहार बाहिरियो । त्यस लगत्तै एपीएफका मनि कुमार लामाले पाएको सुन्दर गोल गर्ने अवसर खेर फाले । सुमनले निकालेको पासलाई मनीकुमारले प्रहार गरेको वान भर्सेस वानको प्रहार बाहिरियो । ३७ मिनेटमा एसपीएफका हरिले डी बक्स भित्रबाट गरेको पावर फुल प्रहार फस्ट बारबाट बाहिरियो । दोस्रो हाफदेखि दिल्लीले पाएको सुन्दर अवसर खेर फाल्दा पाहुना टोली प्रतियोगितादेखि बाहिरिन बाध्य भयो । खेलको ८५ औँ मिनेटमा दिल्लीका उदितले डिबक्स नजिकदेखि गरेको प्रहार एपीएफका गोल रक्षक एन्जल श्रेष्ठले उत्कृष्ट बचाउ गरिदिए । त्यस लगतै दिल्लीका लुन्कल गरेको वान टच बल एपीएफका गोल रक्षक श्रेष्ठले उत्कृष्ट बचाउँदा गरिदिँदा गोल हुनबाट चुक्यो । प्रतियोगिताको प्ले अफ द म्याच एपीएफको गोल रक्षक एन्जल श्रेष्ठ घोषित भए । उनले नगद ११ हजार पाए ।

बुधवार पहिलो क्वाटर फाइनल खेल त्रिभुवन आर्मी र रिजालको मोरङ ११ बिच प्रतिस्पर्धा हुनेछ ।

मङ्गलबार, २० फागुन, २०८१, रातीको ०९:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर