लोड हुँदैछ...

मेनु

शेयर बजारमा सामान्य गिरावट

शेयर बजारमा सामान्य गिरावट

विराटनगर । शेयर बजारमा सामान्य गिरावट आएको छ । लगातार ९ दिनको वृद्धिपछि आज गिरावट आएको हो ।

शेयर बजार परिसूचक नेप्से सोमबार १३.६२ अंकले घटेर २८७६.६६ बिन्दुमा कायम भएको छ ।५१ कम्पनीको शेयर मूल्य बढ्दा १८७ वटामा गिरावट आएको छ ।

समूहगत रूपमा पनि अधिकांश सेक्टरमा गिरावट आएको छ ।

सबैभन्दा अघि होटल तथा टुरिजममा १.८८, बैंकमा १.३५ र हाइड्रोमा १.२१ प्रतिशतको गिरावट आएको हो ।

समग्रमा १४ अर्ब २८ करोडको कारोबार हुँदा उक्त कम्पनीमा एक्लै १ अर्ब ३८ करोड बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।