विराटनगर । आइतबार र सोमबारको वार्ता र छलफलबाट कुनै निष्कर्ष ननिस्किएपछि पाथीभरामा निर्माणाधीन केबलकारको विरोध गर्दै पुनः आन्दोलन घोषणा भएको छ ।
केबलकारको विरोध गर्दै आएका मुक्कुमलुङ ताङ्सेःप चुम्भोका ११ संस्था र १० वटा अन्तर्दलीय राजनीतिक पार्टीले संयुक्त रुपमा आन्दोलनको घोषणा गरेको हो । सोमबार पत्रकार सम्मेलन गर्दै उनीहरुले माघ २९ गतेदेखि आन्दोलनको घोषणा गरेका हुन् ।
जसअनुसार माघ २९ गतेदेखि फागुन ९ गतेसम्म ग्लोबल आइएमइ बैंकसहित आइएमइ समूहको बहिष्कार गर्ने, फागनु ६ गतेदेखि ८ गतेसम्म मुक्कुमलुङ बचाऔं पदयात्रा गर्ने, केबलकारको अनुमति तथा सम्झौता खारेजीका लागि दबाब दिन फुङलिङ नगरपालिकाको कार्यालय घेराउ, केबलकार निर्माण सामग्री ढुवानी नगर्न आग्रह गर्ने, काठमाडौं, इटहरी र बिर्तामोडमा विरोध सभा गर्नेलगायत छन् ।
यस्तै केबलकारको सम्झौता खारेजीका लागि कोशी प्रदेशका सबै जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापनपत्र बुझाउने, प्रदर्शन गर्ने पनि उनीहरूले तय गरेका छन् । त्यसपछि अनिश्चितकालीन यातायात बन्द र आमहड्ताल गर्ने उल्लेख छ ।
पाथीभरामा केबलकार निर्माण शुरू भएपछि विरोधमा उत्रने क्रममा गत माघ १२ गते प्रहरीसँग झडप भएको थियो । झडपका क्रममा प्रहरीको गोली लागेर दुई जना घाइते भएका थिए । काठमाडौंमा उनीहरूको उपचार भइरहेको छ ।
त्यसको विरोधमा आन्दोलनरत पक्षले कोशी प्रदेशमा आमहड्ताल गरेको थियो । जनजीवन प्रभावित भएपछि सरकारले वार्ता टोली गठन गरेको थियो । सरकार पक्ष वार्तामा इमान्दार नभएको उनीहरुको दाबी छ
![](https://hamromat.com/wp-content/uploads/2025/02/b1-1-762x1024.jpg)
![](https://hamromat.com/wp-content/uploads/2025/02/b2-782x1024.jpg)