लोड हुँदैछ...

मेनु

सेयरबजारमा ५ अंकको सुधार

सेयरबजारमा ५ अंकको सुधार

विराटनगर । सेयर बजारमा आज ५.१० अंकको सुधार देखिएको छ। बुधबार नेप्से परिसूचक ५.१० अङ्कले बढेर २५८१.६० विन्दुमा पुगेको छ ।

मंगलबार ३३.०८ अङ्कले घटेको शेयर बजार २५७६.५० मा पुगेर अडिएको थियो ।आज बजारमा ९४ लाख ३४ हजार ९ कित्ता शेयरको खरिद बिक्री हुँदा ३ अर्ब ५९ करोड ७४ लाख ४५ हजार ३३४ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार १ करोड ३१ लाख ७४ हजार ३७९ कित्ता शेयरको खरिद बिक्री हुँदा ५ अर्ब ६७ करोड ४६ लाख ८६ हजार रुपैयाँको कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds