लोड हुँदैछ...

मेनु

दोस्रो दिन पनि बढ्यो नेप्से

दोस्रो दिन पनि बढ्यो नेप्से

काठमाडौं । आज सेयर बजार परिसूचक (नेप्से) १४ अंकले बढेको छ ।

विगत केही समय देखि लगातार घटिरहेको नेप्से पछिल्लो समयमा निरन्तर बढ्न थालेपछि परिसूचक आज २६२६.३१ बिन्दुमा पुगेर रोकिएको हो ।

मंगलबार पसिूचकसँगै कारोबार रकम पनि थोरै बढेको तथ्यांकले देखाएको छ । जसअनुसार कुल ३१२ कम्पनीको १ करोड २७ लाख ४६ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब २० करोड २२ लाख रुपैयाँको कारोबार भएको छ । सोमबार सेयर कारोबारको रकम ४ अर्ब ३७ करोडको कारोबार भएको थियो ।

शेयर बजार परिसूचक नेप्से लगातार दोस्रो दिन पनि दोहोरो अंकले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds