लोड हुँदैछ...

मेनु

सुनको मूल्य तोलामा ११ सयले बढयो

सुनको मूल्य तोलामा ११ सयले बढयो

विराटनगर । आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार १ सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४८ हजार ५०० रूपैयाँमा कारोबार भएको थियो।

आइतबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार ७६० रूपैयाँमा कारोबार भएकोमा आइतबार एक हजार ७९० रूपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds