विराटनगर । मोरङको धनपालथान गाउँपालिका ५ बालुघाटस्थित लोहन्द्रा खोलामा पक्की पुल निर्माण हुने भएको छ ।
कटहरी गाउँपालिका ६ र धनपालथान ५ बालुघाट भएर बग्ने लोहन्द्रा खोलामा संघीय सरकारको बजेटमा पक्की पुल निर्माण हुन लागेको हो ।
बालुघाटमा पुल नहुँदा स्थानीयले झण्डै ६ किलोमिटर दुरी पार गरेर रामचौक हुँदै हुलाकी राजमार्गबाट यात्रा गर्नुपर्ने अवस्था थियो । पुल निर्माण भएपछि स्थानीयलाई सहज हुनेछ ।
धनपाल थान ५ का वडाध्यक्ष गयानन्द सरदारको विशेष पलहमा संघीय सरकारको भौतिक पूर्वाधार मन्त्रालयले पक्की पुल बनाउन स्वायल टेस्ट लगायतका कामको सुरुवात गरेको हो । सो क्षेत्रमा रहेको लोहन्द्रा खोलामा राम चौक र मोतिपुरमा मात्रै पक्की पुल छ । जसको दुरी करिव ३५ किलोमिटर छ । पुल नहुदाँ स्थानीयले घण्टौं समय खर्चेर ओहोरदोहोर गर्ने समस्या हट्ने वडाध्यक्ष सरदारले बताए । ‘मोटरसाइकल त बोकेर खोला वारपार गर्ने अवस्था छ,’ उनले भने ‘चार पांग्रे वस्तीमा पु¥याउन रामचोक हँुदै घुमेर जानुपर्दा सर्वसाधारणले सास्ती व्यहोर्दै आएका छन् ।’
स्थानीय लामो समयदेखि सो खोलामा पक्की पुल निर्माण गर्न माग गर्दै आएका थिए । खोलामा पक्की पुल निर्माण गर्न भौतिक पूर्वाधार मन्त्रालयबाट खटिएर आएको प्राविधिक टोलीले माटो परीक्षण (स्वायल टेस्ट)को काम अगाडि बढाएको वडाध्यक्ष सरदारले जानकारी दिए ।
पुल बनाउन प्रारम्भिक प्राविधिक काम सकिएपछि बजेट सुनिश्चिता गराएर निर्माण कार्य अघि बढाउने उनले बताए । पुल निर्माणको काम सुरु भएपछि स्थानीयहरु ख्ुसी भएका छन् । दुई स्थानीय तहका एक हजार भन्दा बढी यात्रुहरु दैनिक आवतजावत गर्ने गरेका छन् । यसअघि वडा अध्यक्ष सरकारकै पहलमा धनपालथान गाउँपालिका–५ स्थित गुरुङ टोल र कटहरी गाउपालिका–७ स्थित सरदार बस्तीका बिच भएर बग्ने लोहन्द्रा खोलामा झोलुङ्गे पुल निर्माण भएको थियो । झोलङ्गे पुल बनेपछि दुई स्थानीय तह एक आपसमा जोडिएको छ । खोला तरेर ओहोरदोहोर गर्ने समस्याले आजित भएका दुवै स्थानीय तहका बासिन्दाहरूलाई झोलुङ्गे पुल बनेपछि भने सहज भएको छ । सवारी साधन लिएर आवतजावत गर्नेहरुलाई भने त्यस ठाउँमा पुल नहुँदा समस्या भएपछि पक्की पुल बनाउन लागिएको हो ।
वर्षभरि पाँच फिटभन्दा बढी पानी बग्ने उक्त खोला हुँदै वारपार गर्न समस्या हुने भएकोले त्यस ठाउँमा झोलुङ्गे पुल बनेको थियो । त्यसपछि स्थानीयलाई त्यहाँका स्थानीयलाई आवतजावतमा सहज भएको थियो । हिउँदा जेनतेन खोला तर्न सक्ने भएपनि सााधारण वर्षा सुरु हुनासाथ खोला तर्न सक्ने अवस्था नरहने भएकोले त्यस ठाउँमा पुलको अवस्यकता परेको छ । यसअघि र्ने स्थानीयहरू हिउँदमा भने खोला तरेर नै वारिपारी गर्ने गरेका छन् । तर, समान्य वर्षा हुनेबितिकै खोला तर्न सक्ने अवस्था नरहने उनीहरुले बताए ।
गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष गयानन्द सरदारले सहरी विकास मन्त्रालयको स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयमार्फत सो पुल बनाएका हुन् । सहरी विकास मन्त्रालयसँगको सहकार्यमा वडाकै बासिन्दाको मागअनुसार संघीय सांसद अमनलाल मोदी र निर्वतमान संघीय सांसद शिवकुमार मण्डलको सहयोगमा धनपालथान र कटहरीबीचमा पर्ने लोहन्द्रा खोलामा झोलुङ्गे पुल निर्माण गरिएको वडाध्यक्ष गयानन्द सरदारले बताए ।