कोशीमा २ लाख ८२ हजार टन धान उत्पादन

२ लाख ७५ हजार २६७ हेक्टरमा रोपाइँ गर्दा गतवर्षको तुलनामा ३६ हजार टन बढी उत्पादन

विराटनगर । अन्नको भण्डार मानिने कोशी प्रदेशमा यस वर्ष बर्खे धानको उत्पादनमा वृद्धि भएको छ ।
गत वर्षको तुलनामा यस वर्ष कोशी प्रदेशमा ३६ हजार ५१८ दशमलव १५ मेट्रिकटन बढी धान उत्पादन भएको हो ।
गत आर्थिक वर्षमा २ लाख ६९ हजार ९४६ हेक्टर जमिनमा धान रोपाईं गरेकोमा ११ लाख ४५ हजार ७०३ मेट्रिक टन धान उत्पादन भएको थियो भने यस वर्ष २ लाख ७५ हजार २६७ हेक्टर क्षेत्रफलमा धान रोपार्इं हुदाँ ११ लाख ८२ हजार २२१ मेट्रिक टन धान उत्पादन भएको हो ।

धान लगाउने क्षेत्र वृद्धि हुनुको साथै समयमा नै रसायनिक मल प्राप्त भएको र आकाशे पानी प्रयाप्त भएकाले धान उत्पादनमा वृद्धि भएको कृषि विकास निर्देशनालय कोशीका सहायक कृषि अर्थ विज्ञ गणेश खत्रीले जानकारी दिए ।खत्रीका अनुसार झापामा ३ लाख ८२ हजार ८११ मेट्रिकटन धान उत्पादन भएको छ । पूर्वी हिमाली जिल्ला सोलुखुम्बुमा २ हजार ३३९ मेट्रिकटन धान उत्पादन भएको निर्देशनालयले जनाएको छ ।

यस्तै, मोरङमा ३ लाख ३९ हजार ३ मेट्रिकटन, सुनसरीमा २ लाख १७ हजार , ताप्लेजुङमा १५ हजार ९०६, पाँचथरमा १३ हजार ८६२, इलाममा ३६ हजार ९३९, धनकुटामा १६ हजार ९२ मेट्रिकटन धान उत्पादन भएको छ ।

तेह्रथुममा १४ हजार ३४८, संखुवासभामा २० हजार ९३५ भोजपुरमा ३७ हजार ७९१, उदयपुरमा ४९ हजार ५७४, खोटाङमा २५ हजार ३४५, ओखलढुंगामा १० हजार २६८ मेट्रिकटन धान उत्पादन भएको कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ ।

मङ्गलबार, ०२ पुष, २०८१, बिहानको ०९:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर