विराटनगर । नेपाली कांग्रेसका नेता डा .शेखर कोइराला पाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पालिका सभापतिहरूको संरक्षण आफूले गर्ने बताउका छन् ।
इतर समूहले कोशी प्रदेश सम्मेलनअघि आफ्नो समूहका पालिका सभापतिहरूको भेला गरेको छ ।प्रदेश सम्मेलनअघि कोशीमा कुनै भेला छैन भनेर केन्द्रीय कार्यालय सर्कुलर गरेपनि मंगलबार विराटनगरमा शेखर समूहले पालिका सभापतिहरूको भेला गरेको हो ।
भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले कोइराला पालिका सभापतिहरूको संरक्षण आफूले गर्ने भन्दै नडराउन आग्रह गरे ।
‘तपाईंहरू कुनै डर, भय नराखी घर फर्कनुहोस् । तपाईंहरूको संरक्षण गर्ने जिम्मा लिन्छु । कुनै किसिमको डर, धाक, धम्कीबाट नआत्तिनु होलाु, भेलालाई सम्बोधन गर्दै कोइरालाले भने ।
उनले १५औं महाधिवेशनबाट गलत कुरा हुन नदिने र कार्यकर्ताको संरक्षण आफूले गर्ने समेत बताए ।
संविधान संशोधन गर्नेगरी गठन भएपनि वर्तमान सरकारले त्यसमा ध्यान नदिएको उनको आरोप छ । सरकार बनेको चार महिना लाग्दा समेत सत्ता पक्ष र अन्य दलसँग छलफल गर्न सरकारले कुनै चासो नदेखाएको उनको भनाइ छ ।
अन्य दलसँग समेत संविधान संशोधनका विषयमा छलफल गर्नु पर्ने कोइरालाको माग छ । नेता कोइरालाले पार्टीको महाधिवेशन समयमा गर्नका लागि गाउँ – गाउँमा बाट दबाब कार्यकर्ताहरूलाई आग्रह गरे । १५औं महाधिवेशन तोकिएको समयमा हुने सम्भावना आफूले नदेखेको भन्दै कोइरालाले कार्यकर्ताहरूलाई समेत गराए ।
यसअघि सोमबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले कोशी प्रदेशका सबै जिल्ला सभापतिहरूलाई पत्राचार गर्दै औपचारिक रूपमा मंसिर २२ प्रदेश सम्मेलन हुने र त्यसअघि पार्टीका तर्फबाट कुनै पनि कार्यक्रम नराखिएको बताएका थिए ।