यस्तो छ एनपिएल खेल्ने विराटनगर किंग्सको टोली

विराटनगर । नेपाल प्रिमियर लिग (एनपिएल)को लागि विरानगरका व्यवसायीक घरानाको लगानीमा स्थापित एमएडी ड्रिम्स स्पोर्ट्सको स्वामित्वमा रहेको विराटनगर किंग्सले आफ्नो जर्सीसहित टिमको गीत सार्वजनिक गरेको छ ।पूर्वक्रिेकेटर समेत रहेका युवा उद्यमी पारस लुनियाको अगुवाइमा उनीसहित उनकै भतिज जयस लुनियाको मुख्य लागानी रहेको छ ।
यसैगरि विराटनगर किङ्समा उद्योगी प्रकाश मुन्दडा, नारायण मुन्दडा, राजेश बगडिया (अग्रवाल), अनुज पोदार र सुयश प्याकुरेलको लगानी रहेको छ । मंसिर १५ गतेबाट सञ्चामलन हुने नेपाल प्रिमियर लिगको पहिलो संस्करणमा नै ५ विदेशी खेलाडी खरिद गरेको विराटनगर किङ्गसले मंगलबार विराटनगरमा भव्य कार्यक्रम आयोजना गरेर आफ्नो टिमको जर्सी सार्वजनिक गरेको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा चर्चित क्रिकेटर सन्दिप लामिछानेले टिमको जर्सी सार्वजनिक गरे । मंसिर १५ गतेदेखि काठमाडौंको किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा नेपाल प्रिमियर लिगको खेल हुनेछ । कोशी प्रदेशको विराटनगर किङ्गसले मधेश प्रदेशको जनकपुरसँग पहिलो खेल खेल्नेछ ।
विराटनगर किंग्सको मार्की खेलाडीमा सन्दीप लामिछाने छन् । उनी टिमको क्याप्टेनसमेत हुन् । सन्दीपसँग आईपीएलदेखि विश्वभरका फ्रेन्चाइज लिग खेलेको अनुभव छ ।विराटनगरमा नेपालको राष्ट्रिय टिमबाट खेलिसकेका प्रतिश जिशी, लोकेम बम, बासिर अहमद र जितेन्द्र मुखियाजस्ता खेलाडी छन् । यस्तै उमेर समूहबाट खेलेका दिपक बोहरा, सुवास भण्डारी र नरेन भट्ट, मृनाल गुरुङ, अनिल खरेल यहि टिममा रहनेछन् ।
विराटनगरसँग विश्वकै चर्चित खेलाडी नेदरल्याण्डका मार्टिन गप्टिल छन् । एकदिवसीय विश्वकपमा एकै खेलमा कीर्तिमानी दोहोरो शतक बनाएका उनी नेपालमा खेल्न आउने ठूला नाममध्ये एक हुन् । गप्टिलबाहेक ओमानका अलराउण्डर आकिब इल्यास, क्यानडाका कप्तान निकोलस किर्टोन, स्कटिस बलर क्रिस सोल र र अफगानिस्तानका इस्मात आलम विराटनगर किग्ङ्समा छन् ।
यस्तै विराटनगरको मुख्य प्रशिक्षकमा आयरल्याण्डका पूर्वखेलाडी केभिन ओ’ब्रायन छन् । यसअघि इपीएलमा काठमाडौं किंग्स इलेभेनबाट सन्दीप लामिछानेसँगै खेलेका केभिन यस पटक सन्दीप रहेकै टिमको प्रशिक्षक छन् ।गप्टिलसहित टप अर्डर ब्याटिङ विराटनगरको बलियो देखिने क्रिकेटका विज्ञहरुले बताएका छन् । गप्टिलबाहेक आकिब इल्यास र नेपालका लोकेश बम टप अर्डरमा हुनेछन् ।
यसैगरी सन्दीपको नेतृत्वमा विराटनगरको बलिङ अट्याक हुनेछ । स्पिनमा सन्दीपसहित सुवास, बसिर र अनिल खरेल छन् भने प्रतिश जिसीसहित क्रिस सोल र जितेन्द्र मुखिया पेस बलिङमा हुनेछन् ।कुनै समय योर्कर किङको रुपमा परिचित जितेन्द्र र युवा स्पिनर अनिल खरेल अष्ट्रेलियामा स्थानिय क्रिकेट खेल्छन् । उनीहरु एनपीएलका लागि नेपाल आउँदैछन् । आकिब इल्यासले पनि पार्ट टाइम बलिङ गर्छन् ।

विराटनगरको मिडल अर्डरमा निकोलस किर्टोन रहनेछन् भने बसिर अहमदले अलराउण्डरको रुपमा खेल्नेछन् । राजेश पुलामी, नरेन भट्ट, दिपक बोहरा र मृनाल गुरुङले मिडल अर्डरको दुई पोजिसन सम्हाल्ने बताइएको छ ।नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न १६ देशका खेलाडी नेपाल आउने भएका छन् । आगामी मंसिर १५ देखि सुरू हुने लिगमा सहभागी ८ टोलीले विभिन्न १६ देशका खेलाडी भित्रएका हुन् । अहिलेसम्म ८ टोलीमा ३७ जना विदेशी खेलाडी भित्रिएका छन् ।

बिहिबार, ०६ मंसिर, २०८१, बिहानको १०:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर