जिसस ओखलढुंगामा काँग्रेस उम्मेदवार निर्विरोध

विराटनगर । आगामी मंसिर १५ गते हुने उपचुनावमा ओखलढुंगा जिल्लाको जिल्ला समन्वय समितिको सभापतिमा नेपाली कांग्रेसका उम्मेदवारको एकल उम्मेदवारी दर्ता भएको छ ।

ओखलढुंगाको जिल्ला समन्वय समिति प्रमुखमा नेपाली कांग्रेसका टेकराज भट्टराईको मात्र उम्मेदवारी दर्ता भएको हो ।१६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचन अन्तर्गत ओखलढुंगामा जिल्ला समन्वय समिति प्रमुखको निर्वाचन हुँदै थियो । जसमा आइतबार मनोनयन दर्ताको कार्यक्रम थियो । जसमा कांग्रेसका टेकराज भट्टराईले मात्र उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

ओखलढुंगाको जिससमा काँग्रेसको एकल बहुमत रहेकोले अन्य दलले उम्मेदवारी नै दिएनन् । जिसस सभापतिका लागि पालिकाका प्रमुख÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्ष मतदाता रहन्छन् । ओखलढुंगामा कांग्रेस एक्लैको बहुमत छ । ८ पालिका रहेको ओखलढुंगामा कांग्रेसले प्रमुख र उपप्रमुख गरि ८ जना जितेको थियो भने स्वतन्त्र जितेका एक जना पनि काँग्रेसमै रहेकोले उसँग बहुमत पुगेको हो ।

पालिकामा एमालेसँग ५ तथा माओवादी र जसपासँग १÷१ जना पदाधिकारी छन् । आठ स्थानीय तहका १६ प्रमुख उपप्रमुखमध्ये कांग्रेसकोतर्फबाट ४ पालिका प्रमुख र ४ उपप्रमुख गरी ८ जनाले जितेका छन् । एमालेले १ पालिका अध्यक्ष, ४ उपप्रमुखसहित ५, माओवादीले १ अध्यक्ष र जसपाले १ अध्यक्ष जितेका छन् । स्वतन्त्र रुपमा अध्यक्ष जितेका एक पालिका प्रमुख काँग्रेसमै आबद्ध भइसकको छन् ।

ओखलढुंगामा यसअघि पनि कांग्रेसकै सभापति थिए । २०७९ को चुनावबाट डिल्लीराम खनाल जिसस सभापति निर्वाचित भएका थिए । उनको निधन भएकाले उपचुनाव हुन लागेको हो । कांग्रेसले उपचुनावमा टेकराज भट्टराईलाई सभापतिका रुपमा अघि सारेको छ ।

सोमबार, ०३ मंसिर, २०८१, बिहानको ०७:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर