विराटनगर । मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई काठमाडौं पुयाइएको छ ।
आइतबार अधिकारीलाई बिहान विराटनगरबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । प जिल्ला प्रहरी परिसर काठमाडौंले पूर्वमन्त्री अधिकारीलाई नियन्त्रणमा लिएर उपस्थित गराउन पत्राचार गरेपछि जिल्ला प्रहरी कार्यालय मोरङले उनलाई विमानबाट काठमाडौं पठाएको हो।
अधिकारी एमालेको तर्फबाट मोरङ जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.२ को प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्। अधिकारीमाथि जापान भ्रमणका क्रममा मानव तस्करी गरेको आरोप लागेको छ । उक्त आरोपलगत्तै उनले मन्त्री पदबाट राजिनामा दिएका थिए
काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त रजौरेले अधिकारीलाई काठमाडौं ल्याइएको र उनीमाथि अदालतमा म्याद थप गरेर अनुसन्धान अघि बढाइने जानकारी दिए।