नेप्सेसँगै कारोबार रकम घट्यो

विराटनगर ।तिहार अघिको अन्तिम कारोबार दिन नेप्से सूचक १४.४३ अंकले घटेर बन्द भएको छ । यस दिन कारोबार रकम पनि केहि घटेको छ ।

मंगलबार ४६.६९ अंकले बजार बुद्धि हुँदा पनि कारोबार रकम भने ६ अर्ब १२ करोड रुपैयाँ मात्र थियो । सोमबार र मंगलबार गरि दुई दिनमा नेप्से परिसूचक ७४.१ प्रतिशत बढेको थियो ।

बुधबार भने नेप्से सूचक १४.४३ अंकले घटेर २६७७.६२ विन्दुमा झरेको हो । यस दिन ५ अर्ब ९५ करोड ३९ लाख ५० हजार ७८७ रुपैयाँ बराबरको १ करोड २० लाख ६९ हजार ८७८ कित्ता शेयर कारोबार भएको छ ।

यस दिन कारोबारमा आएका १३ उपसमूहमा ३ उपसमूहको सूचक सकारात्मक छन् भने बाँकी १० उपसमूहको सूचक नकारात्मक छ । जसमा होटल उपसमूहको सूचक सबैभन्दा धेरै २.५२ प्रतिशतले बढेको छ भने लगानी उपसमूहको सूचक सबैभन्दा धेरै १.४१ प्रतिशतले घटेको छ ।
बुधबार सिइडिबी हाइड्रोपावरको सबैभन्दा धेरै ३४ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने सानिमा जिआइसी इन्स्योरेन्सको २६ करोड र सोल्टी होटलको २० करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यस दिन गुँरास लघुवित्त र मिड सोलु हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने अपर स्यांगे हाइड्रोपावर ९.९९ प्रतिशत र कुथलि बुखरी हाइड्रोपावरको ९.९८ प्रतिशतले बढेको छ ।

जानकी फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ४.९० प्रतिशत घटेको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेशनको ४.८० प्रतिशत र माथिल्लो मैलुङको ४.५५ प्रतिशतले घटेको छ ।

बुधबार, १४ कार्तिक, २०८१, साँझको ०५:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर