दुई दिनको गिरावटपछि बढ्यो नेप्से

विराटनगर । दुई दिनको गिरावटपछि मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिनमा करिब ४ प्रतिशत घटेर बन्द भएको नेप्से मंगलबार १ प्रतिशत बढेको छ ।

यस दिन नेप्से परिसूचक २५.८८ अंक बढेर २६६५.८१ विन्दुमा पुगेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ४.४७ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.६५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३८ अंक बढेको छ ।

नेप्से बढेपनि मंगलबार कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन करिब ६ अर्बको शेयर कारोबार भएको बजारमा यस दिन ३१४ स्टकको ५३ हजार ६७८ पटकको कारोबारमा ४ अर्ब १७ करोड १६ लाख ६५ हजार रुपैयाँ बराबरको १ करोड ९ लाख ६२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

यस दिन रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयरमूल्य सर्वाधिक ८.८६ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ भने थ्रिस्टार हाइड्रोपावर, महुली लघुवित्त वित्तीय संस्था र मैलुङ्ग खोला जलविद्युतको शेयरमूल्य ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।

कारोबारमा आएको विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य यस दिन सर्वाधिक ४.७५ प्रतिशत घटेको छ । यस्तै सिकलेस हाइड्रोपावरको २.५० प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा यस दिन गुडविल फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो फाइनान्सको यस दिन १७ करोड ३२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, यस दिन कुमारी बैंकको करिब १४ करोडको शेयर किनबेच भएको छ भने हिमालयन रि इन्स्योरेन्सको १२ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.०३ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा धेरै बढेको छ भने विकास बैंक, जलविद्युत र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा धेरै बढेको छ ।

मङ्गलबार, ०६ कार्तिक, २०८१, साँझको ०६:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर