भ्रष्टाचार र महंगी नियन्त्रण गर्न काँग्रेसको माग

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश समितिले बाढी र पहिरोका कारण बाटो अवरोध भएर दसैँमा घर आउन नसकेका नागरिकहरूलाई दसंैमा घर आउनसक्ने वातावरण मिलाउन सरकारसँग माग गरेको छ ।

बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरि काँग्रेस प्रदेश समितिका प्रवक्ता यदु विष्टले प्रदेशवासीलाई दसैंमा घर आउन सक्ने वातावरण मिलाउन प्रदेश सरकारले पहल लिनुपर्ने बताए ।

काङ्ग्रेसले दसैं अगावै अवरुद्ध भएका सडकहरू सञ्चालनको व्यवस्था मिलाउन माग गरेको हो । मृतक परिवारलाई विशेष राहतको व्यवस्था मिलाउन र घाइतको उपचार गर्न पनि उनले माग गरे ।

प्रदेश समितिले अहिलेको जटिल परिस्थितिमा नेपाली काँग्रेसका नेता तथा कार्यकर्तालाई राहत उद्धारको कार्यमा सक्रिय भई लाग्न अनुरोध गरेको छ । कांग्रेसले पछिल्लो समयमा मुलुकमा बढ्दै गएको कालावजारी, महंगी, भ्रष्टाचारप्रति ध्यानाकर्षण भएको भन्दै त्यसलाई नियन्त्रण गर्न माग गरेको छ ।

 

बुधबार, १६ असोज, २०८१, साँझको ०५:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर