विराटनगरमा इलेक्ट्रिक साइकलको शो–रुममा आगलागी

विराटनगर । विराटनगरको मुनालपथमा आज दिउँसो भीषण आगलागी भइरहेको छ । इलेक्ट्रिक साइकल र सीटी सफारी बिक्री गरिने भब्या इन्टरनेशनलमा आगलागी भएको हो ।

भब्यासँगै बजाजको शो–रुम पनि छ । आगोले इलेक्ट्रिक पसल पूर्णरूपले जलेको छ भने शो–रुममा पनि क्षति पुगेको छ ।

पूर्वतिरबाट हावा चलेका कारण आगो नियन्त्रणका कठिनाइ भइरहेको छ । दमकलको सहयोगमा प्रहरी र स्थानीयले आगो नियन्त्रणको प्रयास जारी राखेका छन् । तर, नियन्त्रणमा आइसकेको छैन ।

आगोले बिजुलीको पोलमा टाँगिएका केवल, इन्टरनेटलगायतका तारहरु पनि जलेको छ । इलेक्ट्रिक सर्ट भएर आगलागी भएको प्रहरीको अनुमान छ । आगलागी सुरु भएको करिब एक घण्टासम्म पनि दमकल नआइपुगेको भन्दै स्थानीय आक्रोसित छन् ।

आगालागीको कारण यकिन भइनसकेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । कोशी राजमार्गसँगै जोडिएको शो–रुपमा भएको आगलागीको कारण यातायातका साधन सञ्चालनमा पनि समस्या भएको छ ।

बुधबार, ०९ असोज, २०८१, दिउँसोको ०३:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर