वक्तृत्वकलामा आयुषा सुवेदी प्रथम

इटहरा : रतुवामाई जेसीजले आयोजना गरेको विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा आयुषा सुवेदी प्रथम भएकी छन् ।

शुक्रबार रतुवामाई नगरपालिका वडा नम्बर ८ स्थित सरस्वती माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको प्रतियोगितामा सुवेदी प्रथम भएकी हुन् । उनी अन्नपूर्ण इङ्गलिस स्कुलको तर्फबाट प्रतियोगितामा सहभागी भएकी थिइन् । प्रथम बनेकी सुवेदीले नगद २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेकी छन् । यस्तै मुनाल आदर्श स्कुलका उत्सब सापकोटा दोस्रो भएका छन् ।

उनले नगद १५ हजार प्राप्त गरेको छन् । प्रतियोगितामा तेस्रो हुने सयपत्री बोर्डिङकी साहरा राईले १० हजार र सिद्धकाली माविकी पुजाकुमारी दासले सान्त्वना पुरस्कार स्वरुप ५ हजार रुपैयाँ प्राप्त गरेकी छन् । लागू औषध नियन्त्रणमा युवाको भूमिका शीर्षकमा आयोजित प्रतियोगीतामा २० जना विद्यार्थीको सहभागीता रहेको कार्यक्रम संयोजक लेखनाथ न्यौपानेले जानकारी दिए ।

शुक्रबार, २८ भदौ, २०८१, रातीको ०८:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर