सेयर बजारमा उच्च अंकको गिरावट, नेप्से २९ सयमुनि

विराटनगर । आइतबार सेयर बजारमा उच्च अंकमा गिरावट आएको छ । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक ७९.८८ अंक घटेको हो ।

यस दिन नेप्से २८९४ अंकमा झर्दा १९ अर्ब ७४ करोड रुपैयाँ बराबरको शेउर कारोबार भएको छ ।

यस दिन ६० कम्पनीको मूल्य बढ्दा १८४ को घटेको छ । बजारमा माइक्रोफाइनान्स बाहेकका सबै समूहगत सूचक घटेको छ ।

पछिल्लो केही सातादेखि निरन्तरजसो उकालो लागिरहेको नेप्सेमा यस दिन उच्च अंकको करेक्सन भएको हो । यसदिन सेन्सेटिभ इण्डेक्स १४.५२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ५.५४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.७९ अंक घटेको छ ।

यस दिन माइक्रोफाइनान्स सूचक १.०८ प्रतिशत बढेको छ । यस दिन अन्य समूहको सबैभन्दा धेरै अन्य ३.५५ प्रतिशत घटेको छ भने बैंकिङ ३.३१ प्रतिशत, विकास बैंक २.४४, फाइनान्स ३.५०, होटल तथा पर्यटन २.३८, हाइड्रोपावर ३.०४, लगानी ३.८३, जीवन बीमा २.५०, उत्पादन १.९८, निर्जीवन बीमा २.३२ र व्यापार समूह १.७६ प्रतिशत घटे ।

समग्र बजार घट्दा पनि तीन लघुवित्त कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । विन नेपाल, उपकार, आत्मनिर्भर लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । यस्तै थ्रीस्टार हाइड्रोपावरको ९.९, धौलागिरि लघुवित्तको ८.१, गुराँस लघुवित्तको ७.२, कर्पोरेट डेभलपमेन्ट बैंकको ६.९, सप्तकोशी विकास बैंकको ६.९ तथा समाज लघुवित्तको मूल्य ६.८ प्रतिशत बढ्यो ।

यस दिन मन्दाकिनी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९.९ प्रतिशत घट्यो । यस्तै, कुथेली बुकरी स्मल हाइड्रोपावरको ७.९, मेन्छियाम हाइड्रोपावरको ७, सेन्ट्रल फाइनान्सको ७, साइन रेसुङ्गा विकास बैंकको ६.७ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा यस दिन अपि पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ८४ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, यस दिन हिमालयन रि इन्स्योरेन्सको करिब साढे ७३ करोडको शेयर कारोबार भएको छ भने शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको करिब ५२ करोडको शेयर किनबेच भएको छ ।

आइतबार, ०९ भदौ, २०८१, दिउँसोको ०४:२३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर