विराटनगर । नेपालमै पहिलो पटक न्युरोलोजी सेवा सुरु गरेको अस्पतालको रुपमा चिनिएको न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले २४ वर्ष पूरा गरेको छ ।
शनिबार २४औं वार्षिकोत्सवको अवसरमा अस्पतालमा भर्ना भएका विरामी तथा कुरुवाहरुलाई फलफुल तथा खाजा वितरण ग¥यो ।
वार्षिकोत्सवको अवसरमा अस्पतालले एक समारोहका बीच आफ्ना २४ जना कर्मचारीलाई विशेष कदर–पत्र प्रदान गरेको छ । सम्मानित कर्मचारीहरुलाई अस्पतालका अध्यक्ष तथा वरिष्ठ न्युरोलोजिष्ट डा. बिरेन्द्रकुमार विष्ट, कार्यकारी निर्देशक डा. अनिशा विष्ट, मेडिकल डाइरेक्टर तथा वरिष्ठ फिजिसियन डा. बिबेक कट्टेलले प्रमाणपत्र वितरण गरेका थिए ।
कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक डा. अनिशा विष्टले अस्पतालले विरामीहरुको स्वास्थ्य र कल्याणलाई केन्द्रमा राखेर सेवा प्रदान गर्दे आएको बताइन् ।
आफ्नो वार्षिकोत्सवको अवसर पारेर अस्पतालले टाउको दुखाइको विरामीहरुका लागि ९ गतेदेखि भदौ १४ गतेसम्म वरिष्ठ विशेषज्ञ न्युरोलोजिष्ट डा.बिरेन्द्रकुमार विष्ट तथा विशेषज्ञ न्युरोलोजिष्ट डा. सुनन्द पौडेलको ओपिडी सेवा निःशुल्क गरेको छ । त्यसैगरी सोही अवधी भर २४ वटा विशेष जाँचमा २४ प्रतिशत छुटको घोषणा पनि गरेको छ ।
यस्तै अस्पतालले एक हप्तासम्म घरदैलो कार्यक्रम गर्ने जनाएको छ । अस्पताल रहेको वडा नं १० का सबै घरमा गई अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवामा छुटसहितको कार्ड वितरण गर्ने जानकारी अस्पतालले दिएको छ ।