महासंघ कोशी र बिहार इण्डष्ट्रिज एशोसिएशन बिच भगिनी सम्बन्ध

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र बिहार इण्डष्ट्रिज एशोसिएशन पटना, भारतबीच भगिनी सम्बन्ध कायम भएको छ ।

महासंघका अध्यक्ष राजेन्द्र्र राउत र एशोसिएशनका अध्यक्ष केपिएस केसरीबीच मङ्गलबार पटनामा भएको कार्यक्रममा उक्त सम्बन्ध स्थापित भएको हो । उद्योग वाणिज्य महासंघ कोशी प्रदेश निजी क्षेत्रको सबैभन्दा धेरै उद्योगीहरुबीचको सञ्जाल हो । यस्तै बिहार इण्डष्ट्रिज एशोसिएशन पटनाले बिहारको आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।

दुई संस्थाबीचको भगिनी सम्बन्धले दुईपक्षीय व्यापारलाई अभिवृद्धि गर्नुका साथै लगानीको प्रवद्र्धन हुने विश्वास गरिएको छ । यस्तै यस सम्बन्धबाट व्यवसायिक वातावरण निर्माणको लागि नीतिगत तहमा संयुक्त रूपमा पैरवी गर्ने आधार तय भई नेपालको कोशी प्रदेश र बिहार राज्य भारतको व्यापार क्षेत्रमा लाभ पुग्ने विश्वास गरिएको छ । महासंघ कोशीले यस प्रदेशमा उद्योग व्यवसाय मैत्री वातावरण निर्माणको लागि नीतिगत तहमा पैरवी र कृषि क्षेत्रको रूपान्तरणको लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेकोले बिहारको आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने बिहार इण्डष्ट्रिज एशोसिएशन पटना र महासंघ कोशी बीचको सम्बन्धले दुई पक्षीय व्यापार अभिवृद्धि हुने जनाएको छ ।

यस्तै आगामी भदौ २७ गतेदेखि ३० गतेसम्म हुने कृषि एस्क्पोका लागि उक्त एशोसिएशनबाट सहभागिता रहने भएको छ । एसोसिएसनबाट एक्स्पोमा कृषिको प्रविधि, कृषि उपज वस्तु तथा कृषि विज्ञको समेत सहभागिता रहने बिहार इण्डष्ट्रिज एशोसिएशनका अध्यक्ष केसरीले प्रतिवद्धता जनाएका छन् । कार्यक्रममा उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राउतका साथै कोषाध्यक्ष सुवाष आचार्य, उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य अविनाश बोहरालगायतको सहभागिता थियो ।

बिहिबार, ०६ भदौ, २०८१, बिहानको ०७:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर