फर्जी बिल देखाएर भुक्तानी लिन खोज्ने अस्पताललाई कारवाही हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । १० वर्षमुनिका बालबालिकाको उपचार गरेको भन्दा बढी रकमको बिल बनाएर कोशी प्रदेश सरकारबाट करोडौं रुपैयाँ लिने ६ अस्पतालको प्रयास असफल भएको घटनामा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चासो देखाएका छन् । शुक्रबार १०० दिनको उपलब्धी सार्वजनिक कार्यक्रमपछि अन्तरक्रियामा उनले यो घटनामा आवश्यक छानविन गरी कारवाही हुने बताएका छन् ।

मुख्यमन्त्री कार्कीसँग हाम्रोमतकर्मीले ६ वटा हस्पिटलले फर्जी बिल पेश गरी भुक्तानीको लागि दाबी पेश गरेका छन्, उनीहरुलाई अब के कारवाही हुन्छ ? भनेर सोधेको प्रश्नमा मुख्यन्त्रीले भने, ‘१० वर्षमुनिका बालबालिकाको उपचारमा बढी बिल पेश भएको विषयमा मेरो पनि नोटिसमा रहेको छ । यस विषयमा सम्बन्धित मन्त्रालयले आवश्यक काम कारवाही गर्दै आएको छ, थप छानविनपछि कारवाही हुनेछ । अहिले प्रक्रियामा रहेको छ ।’

शुक्रबार हाम्रोमतले विराटनगरको नोबेल मेडिकल कलेज, झापाको दमकस्थित काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ, मेची प्रादेशिक अस्पताल भद्रपुर, उदयपुर र संखुवासभा अस्पताल र विराट मेडिकल कलेजले फर्जी बिल पेश गरेर थप २ करोड १८ लाख ८१४ रुपैयाँ ५८ पैसा बढी लिने प्रयास असफल भएको समचार प्रकाशित गरेको थियो । त्यसपछि मुख्यमन्त्रीले यस घटनामा चासो देखाएका हुन् । ६ वटा अस्पतालले चार महिनामा ८ हजार २१३ जना बालबालिकाको उपचार गरेको बिल परीक्षण गर्दा २ करोड १८ लाख ८१४ रुपैयाँ १६ पैसा रकम बढी भुक्तानीको लागि दावी गरेको पाइएको छ । ६ वटा अस्पतालले ६ करोड ९७ लाख १३ हजार ६४२ रुपैयाँ २३ पैसा भुक्तानीको लागि दाबी पेश गरेका थिए । तर, स्वास्थ्य मन्त्रालयले स्वास्थ्य बीमा बोर्डबाट दक्ष कर्मचारीहरु ल्याएर एक हप्तासम्म उपचार गरेको बिल अध्ययन गर्दा ८ हजार २ सय ९७ जना बिरामीको उपचार गर्दा स्वास्थ्य बीमाको दररेट अनुसार ४ करोड ७९ लाख १२ हजार ८२८ रुपैयाँ ७ पैसाको मात्रै उपचार गरेको पाइएपछि सोही अनुसार भुक्तानी दिनुपर्ने सुझाव दिएको थियो । त्यही सुझावअनुसार स्वास्थ्य मन्त्रालयले उपचार गरेको हस्पिटलहरुलाई सम्बन्धित स्वास्थ्य कार्यालयहरु मार्फत गत असार मसान्तमा भुक्तानी गरेको देखिएको छ ।

निःशुल्क उपचारको भित्री कथाः फर्जी बिल बनाएर थप २ करोड लिने प्रयास

शुक्रबार, ३२ साउन, २०८१, दिउँसोको ०४:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर