शेयर कारोबारमा आज पनि रेकर्ड, नेप्से २९०० माथि

विराटनगर । नेपाली शेयर बजार मापक नेप्से परिसुचकले सोमबार पनि ऐतिहासिक रेकर्ड कायम गरेको छ ।

७०.६७ अंक बढेर २९३१.५२ अंकमा बन्द नेप्से बन्द हुँदा कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको हो । यो अंक ३० महिनायताकै अर्थात २०७८ माघयताकै उच्च हो ।

यस दिन २७ अब २४ करोड ३ लाख ९९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यो अहिलेसम्मकै उच्च कारोबार रकम हो । सोमबार नेप्सेमा ३३९ स्टकको २ लाख ८३ हजार ४७ पटकको कारोबारमा २७ अर्ब २४ करोड २० लाख रुपैयाँ बराबरको ६ करोड ४८ लाख ७६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

आइतबार कारोबार रकममा भने नेप्सेले ऐतिहासिक रेकर्ड राखेकोमा त्यसलाई पनि सोमबार तोडेको हो सोमबार २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार ५१० रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । त्यसअघि साउन २२ गते २३ अर्ब ७१ करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

यस दिन ११ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसदिन सूर्यज्योति लाइफ इन्स्योरेन्स, जोशी हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, भिजन लुम्बिनी उर्जा कम्पनी, सगरमाथा जलविद्युत कम्पनी, शुभम् पावर, श्वेतगंगा हाइड्रोपावर, हिमालयन लाइफ इन्स्योरेन्स, नेशनल हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर र अरुण काबेली पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । अन्य स्टकहरुको मूल्य गिरावट दर भने ४ प्रतिशतभन्दा कम रहेको छ ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन १ अर्ब २२ करोड ८० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, यस दिन शिवम् सिमेन्टको ९२ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने नेपाल फाइनान्सको कारोबार रकम ८४ करोड नाघेको छ ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ । यसदिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ५.८५ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन वित्त र व्यापार उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा धेरै बढेको छ भने विकास बैंकको ३ प्रतिशत बढेको छ। कारोबारमा आएको बैंकिङ्ग, होटल तथा पर्यटन र निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन २ प्रतिशतभन्दा धेरै बढेको छ । लगानी ०.१९ र उत्पादन समूह सूचक १. १९ प्रतिशत घटे ।

सोमबार, २८ साउन, २०८१, दिउँसोको ०३:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर