जुवाखालबाट पक्राउ परेका पूर्वमन्त्री राजभण्डारी धरौटीमा रिहा

विराटनगर । जुवाखालबाट पक्राउ परेका कोशी प्रदेशसका पूर्वमन्त्री तथा प्रदेश सांसद बुद्धिकुमार राजभण्डारीसहित धरौटीमा रिहा भएका छन् ।

शनिबार साँझ काठमाडौं गौरिघाटबाट जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका राजभण्डारीसहित ११ जना धरौटीमा रिहा भएका हुन् ।

मन्त्री राजभण्डारीसहितका ११ जनालाई नै जुवा ऐन अन्तर्गत अनुसन्धान गरि प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालयले तोकेको जनही १० हजार धरौटी तिरेर उनीहरु आइतबार साँझ थुनामुक्त भएको महानगरीय प्रहरी बृत्त गौशालाका प्रहरी नायव उपरीक्षक केशब थेबेले जानकारी दिए ।

सांसद राजभण्डारीसहित सोलुखुम्बुको सोताङ गाउँपालिकाका पूर्वअध्यक्ष वीरबहादुर राई, कलाकार पुरुषोत्तम शर्मा, उत्तमकुमार राई, अनिश तामाङ, ठुला तामाङ, दीपक खड्का, भीमबहादुर साम्बाहाम्फे, रवि श्रेष्ठ, राजु महत र माधव थापा जुवाखालबाट पक्राउ परेका थिए । उनीहरुको साथबाट १ लाख ५० हजार रुपैयाँभन्दा धेरै नगदसमेत बरामद भएको थियो ।

सोमबार, २८ साउन, २०८१, बिहानको ११:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर