कोशी प्रदेशका पूर्वमन्त्री बुद्धिकुमार राजभण्डारीसहित ११ जना पक्राउ

विराटनगर । कोशी प्रदेशसका पूर्वमन्त्री तथा प्रदेश सांसद बुद्धिकुमार राजभण्डारीसहित ११ जनालाई प्रहरीले जुवाखालबाट पक्राउ गरेको छ ।

काठमाडौं सिनामंगल एरियाको एक होटलबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई शनिबार राति महानगरीय प्रहरी वृत्त गौशालाले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा राजभण्डारीसहित, सोलुखुम्बुको सोताङ गाउँपालिकाका पूर्व अध्यक्ष बिरबहादुर राई, सोताङ गाउँपालिकाका कार्यपालिका सदस्य उत्तमकुमार राईसमेत छन् ।

कलाकार पुरुषोत्तम शर्मासमेत पक्राउ परेका छन् । उनी टेलिसिरियल ‘सक्किगो निँ’ का कलाकार हुन् । प्रहरीले जुवा खालबाट १ लाख नगद बरामद गरेको जनाएको छ । पक्राउ पर्ने अन्यमा अनिश तामाङ, ठुला तामाङ, दिपक खड्का, भिम बहादुर साम्बाहाम्फे, महेश किराँती, रवि श्रेष्ठ, राजु महत र माधव थापा छन् ।

पक्राउ गरेर प्रहरीले उनीहरूको बयान लिइसकेको छ । आइतबार सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइने जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले जानकारी दिएका छन् ।

आइतबार, २७ साउन, २०८१, दिउँसोको ०३:१५ बजे

प्रतिक्रिया

  1. देशा केही काम छैन त! के गरून् त बिचरा हरु? अब आउने ओलम्पिकमा जान ट्रेनिंग गरेको होला,
    जुवा-तासको पनि प्रतियोगिता हुने वाला छ रे पल्ला घरे काईला दाजुले भनेको।

प्रतिक्रिया:

सम्बन्धित खवर