लोड हुँदैछ...

मेनु

नेप्से सुचक २८०० अंक माथि, कारोबार रकममा रेकर्ड

नेप्से सुचक २८०० अंक माथि, कारोबार रकममा रेकर्ड

विराटनगर । नेपाली शेयर बजार मापक नेप्से परिसुचक आइतबार २८०० अंकमाथि पुगेको छ । २८०० लाई नेप्सेको प्रतिरोधक मानिएकोमा धेरै दिनको प्रयासपछि नेप्सेले सो प्रतिरोध पार गरेको हो ।

आइतबार नेप्से सुचक ९४.४६ अंक बढेर २८६०.८४ अंकमा बन्द भएको छ । २८०० को प्रतिरोध पार गरेमा नेप्सेले सजिलै ३२०० अंक पार गर्ने विश्लेषण गरिएको छ ।

आइतबार कारोबार रकममा भने नेप्सेले ऐतिहासिक रेकर्ड राखेको छ । यस दिन २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार ५१० रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यो रकम नेपाली शेयर बजारमा भएको अहिलेसम्मकै उच्च कारोबार रकम हो । यसअघि साउन २२ गते २३ अर्ब ७१ करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

यस दिन २२५ कम्पनीको मूल्य बढ्दा १५ को घट्यो भने २ को स्थिर रहेको छ । सबै क्षेत्रगत सूचक बढेका छन् ।

नेसनल हाइड्रोपावर, नेरुडे मिर्मिरे लघुवित्त, एचआईडीसीएल, खानीखोला हाइड्रोपावर, आँखुखोला जलविद्युत्, माथिल्लो तामाकोशी, शुभम् पावर, आत्मनिर्भर लघुवित्त, मिडसोलु हाइड्रोपावर, युनाइटेड इदी मर्दी, सिंगटी हाइड्रोपावर, रिडी पावर, अरुणभ्याली हाइड्रोपावर, एनआईसी एसिया लघुवित्त, हिमाल दोलखा हाइड्रोपावर, अरुण काबेली पावर तथा शिवश्री हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।

निफ्रा, थ्रीस्टार हाइड्रोपावरको मूल्य ९.८ प्रतिशत बढ्यो । कुथेली बुकरी स्मल हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । युनिलिभर नेपालको ३.८५ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, निफ्रा, नेपाल फाइनान्स तथा माथिल्लो तामाकोशी क्रमशः अगाडि रहे ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds