फूलबारी–बंगलाबन्धु नाका सञ्चालनमा

विराटनगर । नेपाल, भारत र भुटानको त्रिदेशीय व्यापारीक नाका फूलबारी–बंगलाबन्धु नाका सञ्चालनमा आएको छ । बंगलादेशमा चर्किएको आन्दोलनपछि बन्द रहेको नाका सञ्चालनमा आएको हो ।

नाका खुलेसँगै पूर्वी नाका काँकरभिट्टामा रोकिएका मोलासिसका कन्टेनर बंगलादेशतर्फ गएका छन् भने बंगलादेशको नाकामा रोकिएका कन्टेनर नेपालतर्फ आएका छन् ।

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काकरभिट्टाका प्रमुख सुवास पाण्डेयका अनुसार बंगलादेशमा अन्तरिम सरकार गठन भएसँगै बंगलादेशसँगको आयात निर्यात सहज भएको हो । गत आव २०८०÷८१ मा ४६ करोड ३१ लाख ८९ हजार रुपैयाँको सामग्री बंगलादेश निर्यात हुँदा ३ अर्ब ८३ करोड ६८ लाख २२ हजार रुपैयाँ बराबरको सामग्री आयात भएको थियो ।

शनिबार, २६ साउन, २०८१, साँझको ०५:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर