काठमाडौं । घरेलु टोली नेपाललाई हराउँदै भारतले काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधि चुमेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा जारी खेलमा नेपाललाई ३–२ सेटले पराजित गर्दै भारतले काभा भलिबलको उपाधि जितेको हो । पाचौं सेटमा भारतले १५ –५ ले जित निकाल्न सफल बन्यो ।
पहिलो सेट २५–२३ ले जित निकालेको नेपालले दोस्रो सेट १४–२५ ले गुमाएको थियो । तेस्रो सेटमा २५–२२ ले जित हासिल गरेपनि नेपालले अग्रता जोगाउन सकेन ।
चौथो सेटमा भारतले २५ –२१ ले जित निकाल्दा खेल पाचौं सेटमा धकेलिएको थियो । पाँचौ सेटमा नेपाल १५–५ ले पराजित हुन पुग्यो ।