ओखलढुङ्गामा लाखे जात्राको रौनक

विराटनगर । नेवारी समुदायको परम्परागत जात्रा लाखे ओखलढुङ्गामा सुरु भएको छ । सिद्धिचरण नगरपालिका १२ को जनहित गुठी, वडा नम्बर ११ को राम बजारको पारस्परिक सहयोगी गुठी र११ कै जनसेवा गुठीले छुट्टाछुट्टै लाखे निकालेका हुन् ।

लाखे पर्वका अवसरमा एक महिनासम्म गाईजात्रा, रोपाइँ जात्रा, कृष्ण जन्माष्टमी जात्रालगायत विभिन्न जात्रा देखाउने चलन छ । हरेक वर्ष निकालिने लाखे जात्राले पर्यटन प्रवर्द्धन, सदरमुकामको व्यापार व्यवसाय चलायमान हुनुको साथै नेवारी संस्कृतिको संरक्षण एवम् सम्बद्ध गर्न सहयोग पुग्ने गरेको जनहित गुठी ओखलढुङ्गा अध्यक्ष ध्रुवकुमार राजभण्डारीले बताए ।

जिल्ला सदरमुकाम सहित जिल्लाको निशंखे, खानीभञ्ज्याङ, रुम्जाटारलगायत विभिन्न क्षेत्रमा पनि लाखे जात्रा निकाल्ने चलन रहेको छ ।
लाखे जात्रा नेवार जातिको संस्कृति भए पनि सबै जातजातिमा लोकप्रिय छ । लाखे जात्रा हेर्न बर्सेनि सयौँको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक जिल्ला सदरमुकाम आउने गरेका छन् ।

शनिबार, १९ साउन, २०८१, साँझको ०५:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page