नेस्से २८०० विन्दुमाथि पुगेर फर्किँदा ५ अंकको गिरावट, कारोबार रकम उच्च

विराटनगर । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २८०० विन्दु छोएर फर्किएको छ । अघिल्ला दुई कारोबार दिन बढेको नेप्से यस दिन सामान्य करेक्सन भएको छ ।

यस दिन कारोबार अवधिमा नेप्से परिसूचक २८०५.५७ विन्दुसम्म पुगेको थियो । तर, त्यसपछि उतारचढावमा रहेको नेप्से परिसूचक ५.३१ अंक घटेर २७५५.६० विन्दुमा बन्द भएको छ । यस दिन सेन्सेटिभ इण्डेक्स ३.२९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४८ घटेको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा केही घटेको छ । बुधबार २१ अर्ब ९१ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३२ पटक स्टकको २ लाख २९ हजार पटकको कारोबारमा २१ अर्ब ७१ करोड ३४ लाख रुपैयाँ बराबरको ५ करोड १३ लाख २१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

बिहीबार ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसदिन हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट, शुभम पावर, सिटि होटल, नेपाल हाइड्रो डेभलोपर्स र कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

यसदिन प्रोग्रेशिभ फाइनान्स, नेपाल फाइनान्स, सानिमा माई हाइड्रोपावरलगायतका स्टकहरुको मूल्य करिब १० प्रतिशत बढेको छ । यसदिन पिपुल्स हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.१३ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा यसदिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५९ करोड ७५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको करिब ४४ करोडको शेयर कारोबार भएको छ भने सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी साढे ४२ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।

बजारका १३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ । यसदिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३.६९ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन लगानी उपसमूहको परिसूचक २.७४ प्रतिशत बढेको छ भने वित्त, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा धेरै बढेको छ ।
व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.५४ प्रतिशत घटेको छ।

बिहिबार, १७ साउन, २०८१, दिउँसोको ०४:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर