आज सेयर बजारमा २१ अर्ब ७१ करोडको किनबेच

विराटनगर । सेयर बजारमा बिहिबार ५.२९ अंकको ‘करेक्सन’ देखिएको छ।बिहीबार नेप्से २७५५.६२ विन्दुमा रोकिँदा कारोबार रकम २१ अर्ब ७१ करोड पुगेको छ। बुधबार २१ अर्ब ९१ करोडको कारोबार भएको थियो।

साताको अन्तिम कारोबार दिन आज ५ करोड १३ लाख २१ हजार कित्ता सेयर बिक्री भएको हो । आजको कारोबारलाई पनि हिमालयन रि (५९ करोड ७५ लाख रुपैयाँ), शिवम् सिमेन्ट .४३ करोड ८१ लाख रुपैयाँ), सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (४२ करोड ५६ लाख रुपैयाँ), नेपाल फाइनान्स (४१ करोड ६७ लाख रुपैयाँ) र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (४१ करोड ४२ लाख रुपैयाँ)ले मुख्य टेवा दिएका हुन्।

सेयर मूल्यतर्फ भने आजको कारोबारमा ७४ वटाको बढ्दा १६४ कम्पनीको घटेको छ। शेयर बजारमा बिहीबार सामान्य करेक्सन देखिएको हो ।

बिहिबार, १७ साउन, २०८१, दिउँसोको ०४:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर